मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १३:२१:१६
♦ विजयकुमार पाठक
२७ असार, काठमाडौं । मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ। बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताए।
बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ। घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ। मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताए।
बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान्श्री-मती बस्दै आएका थिए। घटनापछि दुबै जना फरार छन्। उनीहरूको खोजी भइरहेको कार्कीले बताए। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार