कार्यसूचीका विधेयक पेश गर्ने मन्त्री नभएर राष्ट्रिय सभा बैठक स्थगित, विपक्षी दलले जनाए आपत्ति
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १५:२४:२८
२७ असार, काठमाडौं । बैठकमा विधेयक प्रस्तुत गर्ने मन्त्री नै नभएपछि बिहीबारको राष्ट्रिय सभाको बैठक विशेष कारणवस भन्दै सूचना टाँस गरेर स्थगन गरिएको छ । आज प्स्तुत भएका विधेयक पास गरेर प्रतिनिधि सभामा पठाउन सवा १ बजे बैठक बोलाइएको थियो ।
राष्ट्रिय सभा नियमावलीको नियम ६ को उपनियम ५ मा बैठकमा सरकारका मन्त्रीको उपस्थिति अनिवार्य रूपमा हुनुपर्ने र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, छोड्ने बेला भएको भन्दै मन्त्री उपस्थित नहुने जानकारी गराइयो ।
बैठक स्थगित भएको विज्ञप्ति जारी गर्दै संसदका महासचिव पदमप्रसाद पाण्डेयले राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको व्यहोरा जानकारी गराएका छन् ।
आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेको थियो । भन्सार महसुल विधेयक प्रतिनिधिसभामा पठाउने प्रस्ताव प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहेका थिए । तर, सरकारका कुनै पनि मन्त्री बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भयो । सदनमा प्रस्तुत गरिने विधेयकसम्बन्धी मन्त्री नआउने भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना टाँस गर्न लगाएका थिए ।
आजको बैठकको सुरुमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने कार्यसूची थियो । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख थियो ।
त्यसपछि आर्थिक विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने तालिका थियो । राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयक पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउने कार्यसूची यसअघि नै तय गरिएको थियो ।
भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत र पारित गर्ने कार्यसूची पनि आजै तोकिएको थियो । बजेटसँग सम्बन्धित यी सबै विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने निर्धारित तालिका पनि प्रभावित भयो ।
अर्थमन्त्रीले बजेटमा ल्याएका प्रावधानहरूमाथि संशोधन पास गर्ने तयारीमा रहेका कांग्रेस–एमालेले भने आपत्ति जनाएका छन् । बैठक स्थगित गर्ने राष्ट्रिय सभाका अध्यक्षको कदम गलत भएको भन्दै कांग्रेस, एमाले, जसपा र लोसपाले आपत्ति जनाएका हुन् ।
बैठकमा अर्थमन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने चार दलको असहमतिका बाबजूद बैठक स्थगित गरेका थिए । एमालेकी प्रमुख सचेतक भवगती न्यौपाने, कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी दलका नेता मृगेन्द्रकुमार सिंह र लोसपा दलका नेता शेखरकुमार सिंहले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाले विद्येयकहरुमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानूनी अधिकार समेत हनन भएको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार