नेप्से आज पनि उकालो, सात अर्बभन्दा बढीको कारोबार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १५:४६:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/share-market-Up.jpg_m82QzwsrZm_digjcEx5Px.jpg)
२७ असार, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर रु सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ ।
बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड नौ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड नौ दशमलव ८३, जानकी फाइनान्स आठ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ८२ प्रतिशतले कमाएका छन् । समाज लघुवित्त चार दशमलव ५९, साधना लघुवित्त चार दशमलव ५६, एनएमबी–५० चार दशमलव १३, सेञ्चुरी डिबेञ्चर तीन दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार