भक्तपुरमा चार दिने खेलकुद सप्ताह सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १५:५४:८
![](https://nepalbahas.prixacdn.net/media/albums/game_4lZeWI0xdG_OzMKmspW35.jpg)
२७ असार, भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको आयोजनामा बिहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएको बताइएको छ ।
सप्ताहको उद्घाटन कलेजकै कार्यबाहक प्रचार्य दुर्गाप्रसाद भण्डारीले एक समारोहबीच गरे । उद्घाटन कार्यक्रममा वक्ता कलेजका विभिन्न पदाधिकारीहरूले खेलकुद सप्ताहका विविध विषयहरूमाथि चर्चा गरेका थिए ।
खेलकुद सप्ताह अन्तर्गत फुटबल, भलिबल, कवर्डी, बास्केटबल, ब्याडमिन्टन, चेस, क्यारेम, इगेमिंग, टेबल टेनिस, सट जम्प, लंग जम्प, हाइ जम्प, म्यूजिकल चेयर्स, वाकिंग रेस, डोरी तान्ने खेल, म्याराथुन, लगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरू चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका संयोजक एसोसिएट प्रोफेसर विष्णुप्रसाद भण्डारीले जनाए । बताइए अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत झण्डै सबै विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुनेछ ।जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेरिस ओलम्पिकमा ५० देशले जिते पदक : चीन पहिलो, अमेरिका दोस्रो
साउन १८, २०८१ शुक्रबार
पेरिस ओलम्पिकमा भारतलाई तेस्रो पदक, स्वप्निलले जिते कास्य
साउन १७, २०८१ बिहिबार
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
साउन १७, २०८१ बिहिबार
रास्वपाका निलम्बित महामन्त्री ढकालको अपील, रवि क्लबबाट पार्टीलाई बाहिर ल्याउन पहल गरौँ
साउन १८, २०८१ शुक्रबार
रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ : मुकुल ढकाल
साउन १८, २०८१ शुक्रबार
मस्क र मादुरोको वाकयुद्ध: आमने-सामने लडने प्रस्ताव दुवैले स्वीकारे !
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
साउन १८, २०८१ शुक्रबार
कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब
साउन १८, २०८१ शुक्रबार
नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ
साउन १८, २०८१ शुक्रबार