शुक्लाफाँटा निकुञ्जले दुर्लभ सुनौलो तोपको गणना गर्दै
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १६:६:५६
२७ असार, कञ्चनपुर । विश्वमा दुर्लभ मानिएको सुनौलो तोप चराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो ।
अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ सिम्रन ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) र निकुञ्ज कार्यालयका प्रतिनिधि संलग्न रहेका निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको आहारविहार, सङ्ख्या, बासस्थानलगायतको अध्ययन गरिने उनले बताए ।
“सुनौलो तोप चराको गुँडको अवस्था, सिकारी चराले पुर्याउने हानी, भाले र पोथीको सङ्ख्या, कस्तो प्रकारको कुन प्रजातिको रुखमा गुँड लगाउनेबारे अनुगमनका क्रममा अध्ययन गर्नेछौँ”, ऐरले भने, “योसँगै चरालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अनुगमनका क्रममा देखिएका समस्या र अवस्थाका बारेमा सरोकार भएकाबीच छलफल गरी संरक्षण र व्यवस्थापनको योजना बनाउने छौँ ।”
नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइने सूचना अधिकारी ऐरले जानकारी दिए । निकुञ्जको घाँसे मैदानको बीच भागमा यस चराले गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उनले बताए ।
“रुखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ । गुँड बनाएर यसले बच्च जन्माउने गर्दछ”, ऐरले भने, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । “त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । यसको सङ्ख्या वृद्धि गराउन निकुञ्जले प्रजनन क्षेत्रको विस्तार गर्ने काम गरिरहेको छ”, उनले भने ।
गत वर्ष गरिएको अनुगमनबाट निकुञ्जमा सुनौलो तोप दुई सय ११ को सङ्ख्यामा देखापरेको बताउँदै सूचना अधिकारी ऐरले अघिल्लो वर्ष दुई सय ४४ को सङ्ख्यामा देखापरेका जानकारी दिए । “किसानको साथीका रूपमा रहेको उक्त चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ”, उनले भने, “सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ ।”
निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रुखमा गुँड लगाउने यसको विशेषता रहेको ऐरले बताए । उनका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै चार सय २३ प्रजातिका चरा रहेका निकुञ्ज कार्यालयले जनाएको छ । तीमध्ये १९ किसिमका दुर्लभ प्रजातिमा पर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार