भद्रकाली मन्दिरका सत्तल पुनः निर्माण गरिँदै
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १६:२४:३३
२७ असार, काठमाडौं । राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनः निर्माण गरिने भएको छ । वि.सं २०७२ वैशाख १२ गतेको भुकम्पअघि नै जीर्ण बनेको सत्तल पुनः निर्माण गर्न लागिएको हो ।
सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनः निर्माण सुरु गर्ने गरी आज काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरिन् । तीन वर्षमा रु ३४ करोड ७० लाखको लागतमा निर्माण गरिने सत्तलको शिलान्यास गर्दै उनले धार्मिक तथा ऐतिहासिक सम्पदा पुनः निर्माण गर्न राजनीतिक रुपमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिए ।
महानगरपालिका सांस्कृतिक, ऐतिहासिक, धार्मिक पक्ष जीवित राख्ने गरी यहाँका सम्पदा पुननिर्माणमा जुटेको उपप्रमुख डङ्गोलले बताइन् । वसन्तपुर दरबार क्षेत्रको आगम्छे घर पुनः निर्माणका लागि पनि महानगरपालिकाले पहल गर्ने उनले योजना सुनाइन्
राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले सिंहदरबार पुनः निर्माण गराएपछि बाँकी रहेको निर्माण सामग्रीले सत्तल बनाएको भनिए पनि कति सालमा बनाइएको भन्ने प्रमाण कतै नभेटिएको गुठी संस्थानले जनाएको छ । करिब एक सय वर्षअघि बनेको भवन वि.सं २०७२ वैशाख १२ गतेको भुकम्पअघि नै जीर्ण बनेको थियो । गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोका भरमा अड्याइएको थियो ।
महानगरपालिका पर्यटन तथा संस्कृति समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष आशामान सँगतले महानगरको ठूला योजनामध्येमा पर्ने गरी भद्रकाली मन्दिरको सत्तल पुनः निर्माण गर्न लागिएको जानकारी दिए । सत्तल पुनः निर्माण गर्न आवश्यक सामान व्यवस्थापनको काम गर्न पुरातत्व विभाग र गुठी संस्थानले गरिदिनुपर्नेमा उनले जोड दिए ।
महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले अहिले जस्तो छ, सत्तल त्यही स्वरुपमा पुनः निर्माण हुने बताए । सम्पदा पुनः निर्माणका क्रममा अवलोकन गरेर तत्कालीन समयमा जस्तो मिलेनमिलेको समयमै जानकारी गराउन उहाँले पुरातत्व विभागलाई आग्रह गरे ।
महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले भद्रकाली महादेवको तेस्रो आँखाको रुपमा उत्पत्ति भएको विश्वास गरिने उल्लेख गर्दै न्युरोड क्षेत्रका पाँच सय परिवारले भद्रकाली मन्दिरको संस्कृतिलाई सुरक्षित गरिराखेको बताए । महानगरपालिका–२१ का वडाध्यक्ष उदयचुडामणि बज्राचार्य, गुठी संस्थानका सहप्रशासक बैकुण्ठप्रसाद रेग्मी, स्थानीयका तर्फबाट पुनः निर्माण समितिका संयोजक गौतम डङ्गोललगायतले भद्रकाली राजगुठी अन्तर्गतको मन्दिर भएको उल्लेख गर्दै आर्थिक अभाव भएकाले महानगरले पुनः निर्माण गर्न लागेको बताएको थियो ।
महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सत्तल पुनः निर्माण सुरु गर्न समय लागेपनि सक्न समय लगाउन नहुनेमा जोड दिएको थियो । जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थीसमेत त्रसित हुने अवस्था थियो । टेकोका भरमा राखिएको देख्दा मन्दिर वरपर बस्न असहज भएको दर्शनार्थीले गुनासो गर्ने गरेका थिए । संस्थानको अभिलेख, पुस्तकलायलगायत महत्वपूर्ण संरचना रहेको भवनमा अन्य सङ्घ संस्थाका साथै व्यापारिक कम्पनीसमेत भाडामा बसिरहेका छन् ।
पुनः निर्माणका क्रममा ती संस्था एवं व्यापारिक कम्पनीलाई हटाउँदै जाने गुठी संस्थानले जनाएको छ । वि.सं २०३२ मा स्थापना भएदेखि गुठी संस्थानको अभिलेख कार्यालय भद्रकालीकै भवनमा राखिएको छ । यही कार्यालयले यो सत्तलको रेखदेख गर्ने गरी जिम्मेवारी तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार