अर्थले जोसँग ठेक्का लिएको हो उसैसँग पैसा माग्नु भनेपछि हाम्रो सप्लाई चेन ध्वस्त भयो: निर्माण व्यवसायी
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १६:४७:५६
२७ असार, काठमाडौं । सरकारले काम गरेको पैसा रोकिदिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्मको अल्टिमेटम दिएर निर्णायक संघर्ष जाने चेतावनी दिएको छ । महासंघका अनुसार सरकारले ६० अर्ब रकम भुक्तानी गर्न बाँकी छ । यो रकम नदिएकाले व्यवसायीहरूको सप्लाई चेन अस्तव्यस्त भएको बताएको छ ।
अर्थ मन्त्रालयले जोसँग ठेक्का लिएको हो उसैसँग पैसा माग्नु भनेपछि निर्माण व्यवसायीहरुलाई अतालिएका हुन् । सरकारका विभिन्न मन्त्रालय/विभागले निर्माण कार्यको ठेक्का लगाएपनि अर्थ मन्त्रालयले भुक्तानी दिन नमानेपछि उनीहरु मारमा परेका हुन् । चालु आर्थिक वर्षका लागि सरकारी खाता बन्द भइसकेको छ । तर, राज्यले निर्माण व्यवसायीलाई दिन बाँकी ६० अर्ब रुपैयाँमध्ये १५ अर्ब रुपैयाँमात्र रकमान्तर गरेको छ ।
मन्त्रिपरिषदको वैठकले अर्थबाट स्रोत सहमति दिएका आयोजनामा रकमान्तर गरी भुक्तानी दिने बाटो खोलेपछि अर्थको स्रोत सहमति बिनै ठेक्का लागेका आयोजनामा रकमान्तर गर्न अस्वीकार गरेको हो । अर्थले मन्त्रिपरिषदको वैठकमा प्रस्ताव पठाउने क्रममै आफ्नो सहमतिका आयोजनाको मात्र भुक्तानी दिने भनेको थियो । सरकारले भुक्तानी दिन बाँकी ४५ अर्ब रुपैयाँ निर्माण व्यवसायीले अब कम्तिमा २०८१ कात्तिक अघि नपाउने देखिएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले आर्थिक वर्षको असार मसान्तसम्म ६० अर्ब भुक्तानी नगरे निर्णायक आन्दोलन थाल्ने जनाएको छ । विगत दुई वर्षदेखि सरकारले निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानी नदिएको दावी महासंघले गरेको छ । आयोजना निर्माण कार्य सम्पन्न भइसकेको ६० अर्ब सरकारले भुक्तानी नदिएको हो ।
महासंघले असार मसान्त भइसक्दा समेत अर्थ मन्त्रालयले रकमान्तर र भुक्तानी फुकुवा नगरेका कारण ठूलो मात्राको रकम अझै निकासा हुन नसकेको भन्दै सार्वजनिक खरिद नियमावली संशोधनपछि म्याद थप भएपछिको करिव ४० अर्ब र चालु आयोजनाहरूको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकास नभएको कारण रोकिएको करिव २० अर्ब गरी ६० अर्ब भुक्तानी बाँकी रहेको जनाएको छ ।
बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौँ व्यवसायीहरू प्रताडित भएको र निर्माण क्षेत्रमा आश्रित उद्योग तथा परिवारमा समेत ठूलो मनोवैज्ञानिक दवाव परेको महासंघले जनाएको छ । आर्थिक वर्षको अन्त्यमा आएर अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने भनेपछि व्यवसायीहरू धराशायी भएको दावी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
मंसिर २५, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी
पुष १, २०८१ सोमबार
दुई हुलाक टिकटमा टाँचा प्रदान
पुष १, २०८१ सोमबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
पुष १, २०८१ सोमबार