आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १६:४८:२४
२७ असार, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाले नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
बुधबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएपछि रामेछाप, दोलखा, सिन्धुपाल्चोकका सवारीसाधनको नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा चाप बढेको थियो । मण्डनदेउपुरले उक्त सडकखण्डको केही स्थानमा अझै कालोपत्र गर्न बाँकी रहेकाले सडकको क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुँदा सडक बिग्रन गई पहिराको जोखिम बढ्ने भएकाले मालवाहक यातायातका साधनलाई रोक लगाइएको नगरप्रमुख टोकबहादुर वाइबाले बताए ।
यस्तै नगरले हिगुवापाटी–गैह्रीबिसौना–नगरकोट सडकमा एम्बुलेन्स तथा आकस्मिकबाहेकका सवारीसाधन सञ्चाचलनमा रोक लगाइएको उनले बताए । अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा यातायातका साधन फसेका तथा स–साना पहिरा गएकाले बुधबार बिहानदेखि अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त राजमार्गमा अनिश्चितकालका लागि टिपर सञ्चालनमा रोक लगाएको छ ।
प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन बाटोमै थन्किएका बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफलामको पुल राखेपछि यातायात सञ्चालन
साउन १४, २०८१ सोमबार
गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता
साउन १४, २०८१ सोमबार
पहिरोले कान्ति लोकपथ अवरुद्ध
साउन १३, २०८१ आइतबार
एआईजी ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा प्रस्ताव
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार
रथी सिग्देल विरुद्धको रिट दरपीठ, भदौ २६ को बाटो खुल्यो !
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार
१८ देशमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार
एआईजी ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा प्रस्ताव
साउन १५, २०८१ मंगलबार
एकै पटक ९१ न्यायाधीशको सरुवा
साउन १५, २०८१ मंगलबार
के हो म्यान फ्लु, जान्नुहोस् यो सामान्य फ्लु भन्दा कति खतरनाक छ ?
साउन १५, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै
साउन १६, २०८१ बुधबार
बाढीले भक्तपुरका विभिन्न ठाउँमा क्षति, सतर्कता अपनाउन आग्रह
साउन १६, २०८१ बुधबार
बेँसीसहर–चामे सडक अवरुद्ध
साउन १६, २०८१ बुधबार
भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका २ मजदुर बेपत्ता
साउन १६, २०८१ बुधबार
८ वर्षमा त्रिशूलीमा २१ वटा गाडी खस्यो, पूर्वगृहमन्त्री घिमिरेसहित ५५ जना बेपत्ता
साउन १६, २०८१ बुधबार
भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु
साउन १६, २०८१ बुधबार