आठ दल प्रधानमन्त्रीको विपक्षमा, विश्वासको मत नदिने
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १७:१४:५३
२७ असार, काठमाडौं । असार २८ गते विश्वासको मत लिने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मत एकपछि अर्को गर्दै घटिरहेको छ । अहिलेसम्म आठ राजनीतिक दलले उनलाई नदिने निर्णय गरिसकेका छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको सांसद धवलशमशेर राणाले जानकारी दिए । जनमत पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, अशोक राई नेतृत्वको जसपा, तराई मधेश लोकतान्त्रिक पार्टी (लोसपा), नाउपा, जनमत र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । कांग्रेस र एमालेको समर्थनमा मधेशमा सरकार बनेकाले जनमतले केन्द्रमा नयाँ गठबन्धनलाई नै साथ दिने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र माओवादी मात्र उनको पक्षमा मतदान गर्ने पक्षमा छन । जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र सांसदको भने कुनै निर्णय आएको छैन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार संसदमा विश्वासको मत माग्ने कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार