रौतहटमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १९:३०:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/death_sign_3n9ZKLarlz_ZHznNWMbVS.jpg)
२७ असार, रौतहट । रौतहटमा बिहीवार छुट्टाछुट्टै घटनामा परेर चार जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम गौर स्थित पोखरीको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ भने राजदेवी नगरपालिकामा छतबाट खसेर अर्का एक पुरुषको मृत्यु भएको हो। त्यस्तै ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ भने चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो।
आज बिहान सवा ८ बजेको समयमा गौर नगरपालिका १ स्थित ट्रान्सफर्मर चोक बस्ने बर्ष ६० को पवन अग्रवालले घर पछाडिको पोखरीको डिलमा फुल टिप्ने क्रममा खुट्टा चिप्ली पोखरीमा लडि डुबी अचेत भएका थिए।
अग्रवालको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात् थप उपचारको लागी दिउँसो थप उपचारको लागि बिरगंज पठाईएकोमा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।
मृतक अग्रवालको शव पोष्टमार्टमका र प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो। खेत जोत्नेक्रममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु भएको छ । बिहीबार वृन्दावन नगरपालिका वडा २ धनगढीमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा ट्याक्टर चालक पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।मौलापुरमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो।
विहिबार दिउँसो परेको पानी संगै चट्याङ लागेर मौलापुर ८ सोनरनिया गाउँको रामायण बैठा धोबीको श्रीमती ५५ वर्षिय धरोहरी देवीको मृत्यु भएको हो । खेतमा धान रोप्ने क्रममा एक्कासी चट्याङ लागेर धरोहरी देवीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका सई कृष्ण साहले बताएका छन।
त्यसैगरी राजदेवी ७ मुड़बलवा गाउँका ५० बर्षीय विनोद राय यादवको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ। पानी परिरहेको समय छतमा चढेका यादव अनियन्त्रित भएर तल खस्दा मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी रौतहटका अध्यक्ष राजकिशोर यादवले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाहरुको पुष्टि गर्दै घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुकुम पश्चिममा ५ किलो अफिमसहित ट्रक चालक पक्राउ
साउन ७, २०८१ सोमबार
सर्वोच्चमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ
साउन ७, २०८१ सोमबार
पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
साउन ७, २०८१ सोमबार
एआईजी ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा प्रस्ताव
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार
रथी सिग्देल विरुद्धको रिट दरपीठ, भदौ २६ को बाटो खुल्यो !
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार
१८ देशमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार
एआईजी ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा प्रस्ताव
साउन १५, २०८१ मंगलबार
उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
साउन १६, २०८१ बुधबार
सीआईबी प्रमुख ज्ञवालीमाथि परेका उजुरी छानबिन गर्न प्रहरी मुख्यालयले बनायो समिति
साउन १६, २०८१ बुधबार
केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष नेपालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन
साउन १६, २०८१ बुधबार
संसद विजनेशविहिन भयो, विषयगत समितिले विचाराधीन विधेयक चाँडो टुंग्याउनु पर्योः सभामुख
साउन १६, २०८१ बुधबार
हाम्रा ज्ञान र सीप जनताको हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल
साउन १६, २०८१ बुधबार
आईजीपी साप ! भोलि तपाईँमाथि पनि छानबिन किन नगर्ने ? कांग्रेस सांसद थानी
साउन १६, २०८१ बुधबार
कुमारी बैंक र डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरबीच सम्झौता
साउन १६, २०८१ बुधबार
सुरुवा हुन चाहेका उपसचिवसम्मका कर्मचारीले १५ भित्र रितपूर्वक निवेदन दिनुपर्ने
साउन १६, २०८१ बुधबार