मधेस प्रदेशसभाको अवरोध हट्यो, बजेटबारे उच्चस्तरीय छानबिन गर्ने
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार २२:२१:४२
२७ असार, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिबद्धता जनाएसँगै मधेस प्रदेशसभा बैठकको अवरोध हटेको छ । आज बसेको प्रदेशसभा बैठकको सुरुमै जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर प्रदेशसभा बैठक अवरोध गरेका थिए ।
सभामुख रामचन्द्र मण्डलले यो विषयमा यसअघि पनि चार/पाँच पटक छलफल भइसकेको र निकास ननिस्केको बताउँदै समय अभावका कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तीमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न समय दिए ।
मुख्यमन्त्री सिंहले आफ्नो धारणा राख्दै बजेटमा कहीँकतै कमजोरी भएको छ भने उच्चस्तरीय छानबिन समिति गठन गर्ने र निर्वाचन क्षेत्रमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रतिबद्धता जनाए ।
“मैले सुरुदेखि नै बजेटमा कहीँकतै गडबड छ भने उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी भेटिएकालाई कारबाही गर्छु भन्दै आएको छु । मैले कहिल्यै पनि छानबिन गर्दिन भनेको छुइन”, मुख्यमन्त्री सिंहले भने । उनको प्रतिबद्धतासँगै मधेस प्रदेशसभामा जसपाको अवरोध हटेको छ । बिहीबार प्रदेशसभामा आगामी आर्थिक वर्षको आयव्यय र राजस्व अनुमानमाथि छलफल हुने कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार