मनसुनको एक महिनाः कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार २२:२७:३१
२७ असार, काठमाडौं । बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशले बढी मानवीय क्षति बेहोरेको छ । मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि आज असार २७ सम्म) देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षति उल्लेखित तीन प्रदेशमा भएको छ । सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २३ र तेस्रोमा कोशी प्रदेशमा १९ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा एक, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ ।
कार्कीले अहिलेसम्म देशभर गरेर अहिलेसम्म एक सय छ जना घाइते भएका पनि जानकारी दिए । अहिलेसम्म छ जना बेपत्ता रहेका छन् । बाढीका कारण एक सय ७६ घर डुबानमा परेका र आजसम्म विपद्का घटनाबाट तीन हजार चार सय ६२ परिवार विस्थापित भएका पनि प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार