गण्डकीमा मनसुनजन्य विपद्मा परी ३८ जनाको मृत्यु
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १३:२१:३
२८ असार, गण्डकी । यही असार १ गतेदेखि हालसम्म भएका मनसुन्य विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उक्त अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा पहिरोमा परी १४ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार मनसुनी विपद्मा परी स्याङ्जामा सात, लजमुङमा पाँच, तनहुँमा चार, बागलुङमा तीन, म्याग्दीमा दुई, पर्वतमा दुई र नवलपुरमा एकजनाको मृत्यु भएको हो ।
गए राति मात्र पहिरोका घटना परी कास्कीमा ११ र म्याग्दीमा दुई जनाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्का घटनामा आठ महिला र १७ पुरुष गरी २५ जना घाइते र ७६ जना विस्थापित भएका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले जानकारी दिए । “एकानब्बे पशुचौपाया र छ सय ९० पक्षीको मृत्यु भएको छ । विपद्का कारण झण्डै दुई करोड बराबरको भौतिक क्षति भएको छ”, उनले भने ।
सबैभन्दा बढी कास्कीमा २३ मनसुनजन्य विपद्का घटना भएका प्रहरी प्रवक्ता रेग्मीले बताए । सो अवधिमा गोरखा र मुस्ताङमा विपद्का घटना भएका छैनन् । उनका अनुसार स्याङ्जामा १२, पर्वतमा १०, नवलपुरमा छ, बागलुङमा चार, लमजुङ आठ, मनाङमा एक, म्याग्दीमा आठ र तनहुँमा आठ विपद्का घटना भएका छन् । यसैबीच, केही दिनयता निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार