नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १३:४५:१९
काठमाडौं । ‘खेलौँ रमाऔँ खेलकुद उत्सव मनाऔँ’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गर्दछ ।
बिहीबार एक कार्यक्रमका बीच कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गर्दै पढाइसँगै विद्यार्थीको कला र प्रतिभालाई उजागर कर्न कलेज सदैव सकारात्मक रहेको बताए । ‘खेलको माध्यमबाट विद्यार्थीहरूमा रहेको प्रतिभालाई अगाडि ल्याउन कलेज सदैव प्रतिबद्ध छ यहाँहरुले अनुशासनमा रहेर आफ्ना प्रतिभाहरूलाई उजागर गर्नुहोला ।’ खेलकुदकै माध्यमबाट पनि विद्यार्थीहरू जीवनमा सफल बन्न सक्ने भन्दै उनले भने ।
खेलकुद सप्ताहमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत करिब दुई हजार विद्यार्थी संलग्न रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिए । खेलकुद सप्ताह अन्तर्गत फुटबल, भलिवल, कवर्डी, बास्केटवल लगायतका दुई दर्जन प्रतियोगिताहरू चल्ने कलेजको विद्यार्थी कल्याण शाखाले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिताको फाइनल सकिँदै जाँदा विजयी विद्यार्थीहरूलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरू मध्ये नेक उत्कृष्ट इन्जिनियरिङ कलेज हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार