नगरपालिकाद्वारा घाँसखेती गर्ने ३७ किसानलाई अनुदान
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १४:८:४८
२८ असार, तनहुँ । जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी रु तीन हजारका दरले किसानलाई अनुदान वितरण गरिएको हो ।
पशुपालक ३७ जना किसानले एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेवापत कुल रु पाँच लाख ५५ हजार अनुदान प्रदान गरिएको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताउनुभयो । नगरपालिकासँगको समन्वयमा पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्ध उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो ।
“घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत किसानले नयाँ प्रजातिका डाले तथा भुँइघाँस विस्तार गरेका छन्”, ढुङ्गानाले भने, “यस कार्यक्रमले पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी आउने अपेक्षा गरेका छौँ ।”
नगरले दुग्ध उत्पादनको आधारमा अनुदान वितरण थालेको छ । नगरभित्रका दुईवटा दुग्ध उत्पादन सहकारीमार्फत रु चार लाख २० हजार रकम अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उनका अनुसार उत्पादनको आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ ।
प्रशासकीय अधिकृत पौडेलले भने, “किसानलाई प्रतिलिटर रु तीनका दरले अनुदान दिएका छौँ । यसले पशुपालक किसानलाई हौसला प्रदान गरेको हामीले विश्वास लिएका छौँ ।” किसानको माग र आवश्यकताका आधारमा अनुदान थप गर्दै जाने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार