संविधान छुनै नहुने विषय होइन, १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था छः कांग्रेस
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १४:२२:६
२८ असार, काग्रेस । नेपाली कांग्रेसले आफ्नो पार्टीले नेपालको संविधानको रक्षा गर्ने भन्दै कोही संविधान संशोधन हुने भयो भनेर आत्तिन नपर्ने बताएको छ । कांग्रेस पार्टी जन्म भएकै बेलादेखि लोकतन्त्रका लागि लडेको पार्टी रहेको कांग्रेसको भनाइ छ ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै कांग्रेसका प्रमुख समेतक समेत रहेका सांसद रमेश लेखकले संविधान छुनै नहुने विषय नभएको बताए । उनले संविधानमै १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था रहेको बताए । के संविधान छुनै नहुने विषय हो । संविधान पाठ गर्नका लागि लेखिएको पुस्तक हो ? होइन । संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूको बारेमा १० वर्षपछि पुनरवलोकन गर भन्छ, उनले भने ।
उनले संविधान आफैँले पुनरवलोकन गर्न भनेकोमा पश्चगमन हो भनी प्रश्न गरे । संविधानलाई थप समृद्ध गर्ने कुरा गलत नहुने उनको भनाइ छ । उनले जनताको स्वामित्व स्थपना हुन नसके कमजोर हुने बताए । सहमतिका आधारमा संविधान संशोधन गर्न पहल कसैले लिनुपर्ने भएकाले आफूहरूले त्यसको नेतृत्व गरेको उनले बताए ।
लेखकले मुलुकलाई ठिक ढंगले अगाडि लैजान सैद्धान्तिक र व्यवहारिक आधार भएको जानकारी गराए । लेखकले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न एमाले र कांग्रेस बीच सहमति भएको संसदमा जानकारी गराए । रोष्टममा उभिँदा साथीहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने बडेबढे भाषण गरेको मैले सुनेको छु तर, व्यवहारमा भाषणबाहेक केहि देखिएको छैन, उनले भधने ।
स्टण्डको राजनीतिबाहेक केहि भएन उनले भने, ‘अर्कालाई धम्क्याउन, तर्साउनका लागि यी विषयहरु उठे तर यथार्थमा केहि भएन । जानै लाग्दा फाइल खोल्छु, फाइल खोल्छु भन्ने कुरा भए तर विषय अगाडि बढेन, यो मुलुकमा कानुन बमोजिम भ्रष्टाचार नियन्त्रण गर्ने हो, कानुन बमोजिम सुशासन कायम गर्ने हो, त्यसमा सहमति भएको हो ।’
लेखकले प्रधानमन्त्री प्रचण्डले पीडामा भएकाले थप टिप्पणी गरेर पीडा नदिने स्पष्ट पारे । उनले संसदमा प्रतिपक्ष कमजोर नहुने विश्वास व्यक्त गरे । आज संसदमा विश्वासको मत राख्दा राखेको आक्रोश र प्रस्तु प्रधानमन्त्री प्रचण्ड नै प्रमुख प्रतिपक्ष दलको नेता हुने भएकाले लोकतन्त्र कमजोर नहुने विश्वास आफूलाई भएको टिप्पणी गरे । राष्ट्रका विकास र गतिविधिलाई चलायमान बनाउन दुई दलबीच सहमति भएको प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार