तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १६:१३:३६
२८ असार, तनहुँ । बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो ।
कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा तीन सय केजी चैते–५ को मूल बीउ उत्पादन सुरु गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । जिल्लामा चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दा उत्पादन घटेकाले चैते धान प्रवर्द्धन कार्यक्रम लागू गरी जिल्लामा बीउ उत्पादन सुरु गरिएको उनले बताए ।
“चैते–५ को उन्नत बीउ छ हजार केजी खरिद गरी तीन सय केजी उत्पादन सुरु भएको छ । बीउ उत्पादन भएपछि आगामी वर्षदेखि चैते धानको बीउ बाहिरबाट ल्याउनुपर्दैन”, लामिछानेले भने । उनका अनुसार चैते–५ धान चाँडो पाक्ने, मसिनो दाना हुने, खानामा मिठो, बढी उत्पादन दिने तथा रोग कीरा सहन सक्ने खालको प्रजाति हो । यो जातको बोट मध्यम उचाइको हुने भएकाले सामान्यतयाः सिँचाइ सुविधा भएको मलिलो जग्गामा यसको खेती गर्न सकिने उनले बताए ।
पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पुरानो बीउ प्रयोग गरिएकाले पनि धान उत्पादन घट्दो क्रममा रहेको भन्दै नयाँ जातको धानको बीउ रोप्नुपर्ने केन्द्रका प्रमुख लामिछानेले बताए ।
वि.सं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा वि.सं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसअवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।
“वि.सं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ”, केन्द्रका प्रमुख लामिछानेले भने, “तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै चैत धान उत्पादन हुने गरेको छ । यसअवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार नौ सय १० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार आठ सय ४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।”
कार्यालयले चालु आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रमका लागि रु एक करोड ४० लाख बजेट विनियोजन गरेको थियो । विभिन्न १२ सहकारीमार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यो कार्यक्रमका लागि रु एक करोड चार लाख ९५ हजार खर्च भएको छ । यो कार्यक्रमबाट पाँच सय ३४ घरधुरी लाभान्वित भएका छन् ।
कार्यक्रममार्फत ५६ वटा मिनीटिलर खरिद, एकवटा रिपर हेड, पाँच केज हुइल, तीनवटा धान काट्ने मेसिन, १२ धान चुट्ने मेसिन, एक सय १८ स्प्रेयर, चार सय ४५ त्रिपाल, १८ डिजिटल तराजुलगायत सामग्री खरिद गरी वितरण गरिएको केन्द्रका प्रमुख लामिछानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या
कात्तिक १, २०८१ बिहिबार
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
असोज २९, २०८१ मंगलबार
भेडेटारको कोसेली हरियो सागसब्जी, व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ
असोज २८, २०८१ सोमबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार