वित्तीय संस्थाको कुल मुनाफा ६१ अर्ब ९५ करोड, वाणिज्य बैंकले मात्र कमाए साढे ५६ अर्ब
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १६:४०:३९
२८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको ११ महीनामा साढे ५६ अर्ब मुनाफा आर्जन गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको जेठसम्ममा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड ५ लाख ४० हजार रुपैयाँ कुल मुनाफा आर्जन गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड बराबरको मुनाफा गरेका छन् ।
जसमध्ये वाणिज्य बैंकको मुनाफा ५६ अर्ब ४५ करोड रहँदा विकास बैंकले ४ अर्ब ९५ करोड र वित्त कम्पनीले ५५ करोड मुनाफा कमाएका छन् । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७० अर्ब ४ करोड खुद मुनाफा गरेका थिए । उनीहरुले ११ महिनामा ६७ अर्ब २३ करोड मुनाफा गरेका थिए । गत आवको ११ महिनाको मुनाफाको तुलनामा चालु आवको सोही अवधिमा गरेको मुनाफा १६ प्रतिशत कम हो ।
यसअनुसार सिटिजन बैंकले चालु आर्थिक वर्षको जेठसम्म १ अर्ब ७५ करोड ६७ लाख मुनाफा आर्जन गरेको छ । सानिमा बैंकले १ अर्ब ७४ करोड ६४ लाख मुनाफा कमाएको छ । कुमारी बैंकको मुनाफा १ अर्ब ६७ करोड ४५ लाख रहेको छ भने नेपाल एसाबआई बैंकले १ अर्ब ६६ करोड ५१ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड ४२ लाख र नेपाल बैंकले सबैभन्दा कम १ अर्ब ७ करोड ६३ लाख मुनाफा आर्जन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ३८ करोड १३ लाख, प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड ५१ लाख र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख मुनाफा आर्जन गरेका छन् । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंकले यस अवधिमा ३ अर्ब ६ करोड ८३ लाख, प्रभु बैंकले ३ अर्ब ३ करोड ४२ लाख, कृषि विकास बैंकले ३ अर्ब २ करोड ४८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड ९० लाख मुनाफा कमाएका छन् । यस आधारमा ९ ओटा वाणिज्य बैंकले ३ अर्बभन्दा बढी नाफाआर्जन गरेका छन् ।
एनएमबि बैंकले जेठ मसान्तसम्म २ अर्ब ७७ करोड ६३ लाख मुनाफा आर्जन गर्दा हिमालयन बैंकले २ अर्ब ७६ करोड ६० लाख, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड ४३ लाख, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड २ लाख र एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड ५३ लाख मुनाफा आर्जन गरेका छन् । यसरी साउनदेखि जेठ मसान्तसम्ममा ६ ओटा वाणिज्य बैंकको नाफा दुई अर्बभन्दा कम रहेको छ ।
चालू आवको जेठ मसान्तसम्म नबिल बैंक नाफा आर्जन गर्नेमा सबैभन्दा अगाडि छ । नबिल बैंकले ११ महीनामा ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
कजकिस्तानमा जहाज दुर्घटना, २५ जनाको उद्धार
पुष १०, २०८१ बुधबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार