प्रधानमन्त्री गए शीतलनिवास, कानुनी परामर्शमा राष्ट्रपति
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १७:४१:४
२८ असार, काठमाडौं । प्रतिनिधि सभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय गएका छन् । उनी विश्वासको मत नपाएको विषयमा जानकारी गराउन राष्ट्रपति कार्यालय शीतलनिवास गएका हुन् । प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले कानुनी परामर्श सुरु गरेका छन् ।
सरकार गठनको आह्वानअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई छलफलमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले वरिष्ठ अधिवक्ता, संविधानविद्लगायतलाई छलफलमा बोलाएका हुन् । नयाँ सरकार गठनका लागि कुन धाराको प्रयोग गर्ने भन्ने विषयमै राष्ट्रपतिले परामर्श गर्न चाहेका हुन् ।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । तर, कुन धारा अनुसार गर्ने भन्नेबारे स्पष्ट हुन राष्ट्रपतिले कानुनविद्लाई बोलाएको शीतल निवास स्रोतको भनाइ छ ।
संसद्ले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत गुमाएको पत्र केही बेरमै राष्ट्रपति कार्यालयमा पुर्याउने छ । पत्र पुगेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्नेछन् । राष्ट्रपतिबाट आह्वान भएपछि आजै दाबी प्रस्तुत गर्ने तयारी रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार