प्रधानमन्त्री पदमुक्त भएपछि नयाँ सरकार गठनबारे कांग्रेस र एमालेले थाले छलफल
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १८:९:२२
२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले छलफल थालेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा कांग्रेस र एमालेका नेताहरूबीच छलफल चलिरहेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट विश्वासको मत नपाएर पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेपछि कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि संवाद सुरु भएको हो । एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबीच सहमति भएको थियो ।
संघीय संसद् सचिवालयले प्रधानमन्त्री पद रिक्त भएको सूचना राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति कार्यालयबाट नयाँ सरकार गठनको लागि प्रक्रिया सुरु हुनेछ । संसद् सचिवालयबाट प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत गुमाएको र पद रिक्त रहेको जानकारी बारेको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकेको छ ।
विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत, विपक्षमा १९४ मत र १ मत तटस्थमा परेको थियो । सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । १८ महिनाको अवधिमा उनले पाँचौंपटक विश्वासको मत लिए । अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार