भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरुद्वारा सडक पुर्वाधार विकास कार्यालयमा तालाबन्दी
दीपक शर्मा
असार २८, २०८१ शुक्रबार २१:०:४६
२८ असार, बर्दिया । काम सम्पन्न भएपनि भुक्तानी नपाएको भन्दै बर्दियाका निर्माण व्यवसायीहरूले सडक पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका छन । बर्दियाका निर्माण व्यवसायीहरूले काम सम्पन्न गरिसके पनि करिब ८ करोड भन्दा बढि रुपैया भुक्तानी पाउन नसकेको बताएका छन् ।
प्रदेश सरकारले असार २४ गते राति १२ बजे खाता बन्द गर्नुपर्नेमा २२ गते साँझ ६ बजे बन्द गरेको कारण काम भएपनि भुक्तानी दिन नसकिएको सडक पूर्वाधार विकास कार्यालय, बर्दियाका प्रमुख गोविन्द बहादुर महत्रा क्षेत्रीले बताए । प्रदेश सरकारले रकम नपठाएका कारण यस्तो समस्या भएको उनले बताए ।
निर्माण व्यवसायी संघ, बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसीको नेतृत्वमा कार्यालयमा ताला लगाइएको निर्माण व्यवसायी संघ बर्दियाका सचिव जगदीश आचार्यले बताए । ‘व्यवसायीले बैँकबाट ऋण लिएर सरकारको काम गरेको छ तर काम सम्पन्न गरेको भुक्तानी नपाउँदा आफुहरु सडकमा पुग्ने अवस्था आएको आचार्यले बताए ।
सडक पूर्वाधार विकास कार्यालय बर्दियाका सूचना अधिकारी देवेन्द्र सिंह मालका अनुसार कार्यालयमा ताला लागेका कारण काम काज खासै नभएपनि प्रभावित बनेको बताए । निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव भरत पौडेलले निर्माण व्यवसायी यस्तो कार्यले मर्कामा परेको बताए । उनका अनुसार लुम्बिनी प्रदेशमा झन्डै ३ अर्ब रुपैया भुक्तानी रोकिएको छ ।
यस विषयमा लुम्बिनी प्रदेश सचिव एवं प्रवक्ता निराजन घिमिरेले संघीय सरकारबाट आउनु पर्ने रकम नआएका कारण निर्माण व्यवसायीलाई काम सम्पन्न गरे पनि भुक्तानी दिन नसकिएको बताए । उनका अनुसार झन्डै ३ अर्ब रुपैया प्रदेश सम्पन्न भएका निर्माण कार्यको भुक्तानी दिन बाँकी रहेको छ ।
दीपक शर्मा
विगत लामो समयदेखि पत्रकारितामा सक्रिय शर्मा बर्दियाबाट नेपालबहस डटकमका लागि रिर्पोटिङ गर्छन् ।
लेखकबाट थपदूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधन
पुष १, २०८१ सोमबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
सवारीसाधन व्यवस्थापनका लागि ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा
पुष १, २०८१ सोमबार
ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने लेगार्डको भनाइ
पुष १, २०८१ सोमबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार