आइतबारदेखि एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री !
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार ६:४१:३१
२९ असार, काठमाडौं । आइतबारदेखि नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने भएका छन्। प्रधानमन्त्री पदमा नियुक्तिको लागि शुक्रबार नै उनले राष्ट्रपति समक्ष दावी पेश गरेका छन्।
राष्ट्रपतिबाट नयाँ सरकार गठनको लागि आह्वान भए लगतै नेपाली कांग्रेसका र एमालेका नेताहरू राष्ट्रपति कार्यालय पुगेका थिए । कांग्रेस सभापति शेर बहादुर देउवा सहित राष्ट्रपति कार्यालय पुगेका एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेका १ सय ६५ सासंदहरूको हस्ताक्षर पेश गरेका छन् ।
शीतल निवासमा दाबी पेस गर्न ओलीका साथमा कांग्रेस सभापति शेरबहादुर देउवासँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्का उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।
शीतल निवास स्रोतका अनुसार आइतबार प्रधानमन्त्रीमा ओली नियुक्ति हुनेछन् भने साँझ शपथग्रहण हुनेछ । शपथसँगै कांग्रेस–एमालेले सानो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
यता कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने शुक्रबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर खुमलटार सरेका छन् । संसदबाट विश्वासको मत गुमाएर पदमुक्त भएसँगै प्रचण्ड आफ्नो निजी निवास खुमलटार पुगेका हुन् । खुमलटारमा उनलाई माओवादी केन्द्रका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६'२' अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजे सम्मको समय दिएर प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।
यसअघि प्रतिनिधि सभामा पाँचौँ पटक विश्वासको मत लिने क्रममा बहुमत सिद्ध गर्न नसकेपछि १८ महिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका हुन्। यस पटक विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले ६३ भोट पाए । एक सदस्य तटस्थ बस्दा प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत खस्यो। मतदानमा २५८ सांसद सहभागी थिए।
प्रधानमन्त्रीले नेकपा 'माओवादी केन्द्र', राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा 'एकीकृत समाजवादी' को मात्र मत पाए। प्रचण्ड पदमुक्त भएसँगै नेकपा 'माओवादी केन्द्र' नौ वर्षपछि प्रमुख प्रतिपक्ष दलको हैसियतमा पुगेको छ।
२०७२ असोज २५ मा नेकपा 'एमाले' का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएयता माओवादी केन्द्र सत्ताको नेतृत्व साझेदारीमा थियो। २०७७ मा भएको प्रतिनिधि सभा विघटनको छोटो अवधिमा भने माओवादी केन्द्र निकटका केही मन्त्रीहरू सरकारबाट फिर्ता भएका थिए तर एकीकृत दल नेकपाले नै सरकारको नेतृत्व गरेको थियो।
पछिल्लो डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले एमाले, कांग्रेससँग आलोपालो साझेदारी गरेर सरकारको नेतृत्व गरेका थिए। पाँच पटकमध्ये तीन पटक प्रचण्डले गठबन्धन हेरफेर गरेकै कारण विश्वासको मत लिनुपरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार