साउन १ गतेदेखि पोखरा विश्वविद्यालयका सवै काम अनलाइनमा
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार ८:५८:३२
२९ असार, काठमाडौं । शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सबै कामहरू अनलाइनबाट पनि गर्न सकिने बनाउने भएको छ । एभरेस्ट इन्जिनियरिंग कलेज पुल्चोक ललितपुरले शुक्रबार गरेको एकदिने आरोहण २ कार्यक्रमको समापन समारोहमा पोखरा विश्वविद्यलाय (पीयू) का रजिष्टार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई समयमै सकाउने कामलाई अझ तन्दुरुस्त बनाउन अनलाइन प्रविधिबाट काम थाल्न लागेको जनाए ।
फारम, टान्सिकिप्टलगायतका सबै कामका लागि अनलाइनबाटै विद्यार्थीले भर्न सकिने बनाउन लागेको उनले जानकारी गराए । देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर गंजागोल भइरहेको भनी आलोचना वढिरहँंदा पोखरा विश्वविद्यालयका रजिष्टार प्राडा भण्डारीले पोखरा विश्वविद्यालय (पीयू) ले चार वर्षे कोर्सको सर्टिफिकेट चार वर्षभित्रै दिँदै आएका बताए ।
पोखरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर अनुसार नै परीक्षा लिन, परीक्षाफल प्रकाशित गर्ने र सर्टिफिकेट दिँदै आएको उनले बताए । पहिला पनि नविगारेको र भविष्यमा पनि तलमाथि नहुने उनले स्पष्ट पारे । विश्वविद्यालयले परीक्षा भएको २८ देखि ५० दिनभित्र परीक्षाफल प्रकाशित गर्दै आएको उनले जनाए ।
कार्यक्रममा आयोजक कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले विद्यार्थीको शैक्षिक गुणस्तरलाई अझ तेजिलो बनाउन पढाइका साथसाथै कलेजले समय समयमा विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी गराए । कलेजका प्रिन्सिपल इन्जिनियर विनोद रिजालले आजका विद्यार्थीले अध्ययन अनुसन्धानमा जोड दिई मानव जातिको सहजताका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
भाइस प्रिन्सिपल इन्जिनियर राजन लामाले विद्यार्थीले सिकेको ज्ञानलाई कक्षाकोठामा मात्रै सीमित नपारी वर्षैपिच्छे आरोहण कार्यक्रम गर्दै आएको जानकारी गराए । कलेजमा दोस्रो पटक एकदिने आरोहण २ भएको उनले जनाए ।
आरोहण, अन्वेषण दी इनोभेसन आरोहण २ कार्यक्रम भएको हो । यस क्रममा इन्टर कलेज टेक्निकल एक्जिविशन एण्ड कम्प्युटिशन पनि भएको थियो । कम्प्युटिशनका दस जोड दुई र इन्जिनियरिंग अध्ययन हुने काठमाडौं उपत्यकाका झण्डै दुई दर्जन कलेजहरुबाट विद्यार्थी प्रतिस्पर्धी रहेको कार्यक्रममा बताइयो ।
एकदिने कार्यक्रममा क्रममा विभिन्न प्रदर्शनीहरु तथा प्रतियोगिता भएको थियो । प्रदर्शनी तथा प्रतियोगिताहरुको आन्तरिक तथा बाह्य गरी एक हजार पाँंच सय विद्यार्थीले अवलोकन भ्रमण गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार