नारायणी नदी किनारमा मृत भेटिएका साह हराएका बसको यात्रु भए-नभएको खुलेन
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार १३:१८:५९
२९ असार, काठमाडौं । त्रिशूली नदीमा खसेको बस खोजि गर्ने क्रममा शनिबार बिहान भरतपुर महानगरपालिका– २८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार उनको साथबाट फेला परेको कार्डबाट ऋषिपाल साह भन्ने पहिचान खुलेका छ ।
दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा शव फेला परेको हो । तर, ती व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ । मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका थिए । उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो । उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन ।
हराएका बसको शनिबार बिहान ८ बजेपछि खोजीकार्य सुरू भएको थियो । खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोर परिचालन गरिएका छन् । सशस्त्रले गोताखोरसँगै वाटर ड्रोन, सोनार क्यामेरा र पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ । सोनार क्यामेराले पानीभित्रको वस्तुहरू हेर्न सहयोग पुर्याउँछ ।
शनिबार त्रिशूलीमा पानीको वहाब पनि कम भएको छ । यद्यपि, गोताखोरले पानीभित्र १५ मिटर पसेर हेर्दा पनि केही भेटिएको छैन । त्रिशूलीमा खोजी कार्य चलिरहँदा सडक किनारमा बेपत्ता भएकाहरूका आफन्त भेटिने आशामा बसिरहेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । दु्र्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए । आज पनि खोजीकार्य जारी राखिएको छ र अहिलेसम्म बस भेटिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
गलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार