पत्रकार मिश्रा नगदसहित सम्मानित
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार १३:४२:२६
२९ असार, रौतहट । पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन् । रौतहटको कटहरियास्थित पियारिया देवी फाउन्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गरी पत्रकार मिश्रालाई सम्मानित गरेको हो ।
कटहरिया नगरपालिका–३ बिर्ती प्रष्टोकाका सत्यनारायण साहकी श्रीमती स्व. पियारिया देवीको पहिलो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उनका ज्येष्ठ सुपुत्र तथा फाउन्डेसनका सचिव देवेन्द्र साह रौनियारले खाँदा ओढाएर नगद ११ हजारसहित वरिष्ठ पत्रकार मिश्रालाई सम्मान गरेका हुन् ।
पत्रकारिताको माध्यमबाट सामाजिक न्यायका लागि समाजमा पुर्याएको योगदानको कदरस्वरूप पत्रकार मिश्रालाई सम्मान गरिएको सचिव रौनियारले बताए । हाल सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सिंहदरबार काठमाडौंमा खरिदार पदमा कार्यरत रौनियारकी आमा पियारिया देवीको २०८० साउन १ गते निधन भएको थियो ।
स्व. पियारिया देवीको पुण्यतिथिमा समाजमा योगदान पुर्याउने पत्रकार, कलाकार, सामाजिक अभियन्तालाई प्रत्येक वर्ष सम्मानित गर्ने उद्देश्यले आमाको नाममा अक्षयकोष स्थापनाको प्रक्रियामा रहेको रौनियारले जानकारी दिए । पछिल्लो दुई दशकभन्दा लामो समयदेखि क्रियाशील पत्रकार मिश्रा हाल रातोपाटी, न्युज कारखाना, मधेश दृष्टि दैनिकमा आवद्ध रहेका छन । उनी कटहरिया एफएमका प्रमुख रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा [ फोटो फिचर ]
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार