गोताखोरले नदीको २० मिटर तलसम्म खोज्दा पनि फेला पार्न सकिएको छैन बगेका बस र यात्रु
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार १४:३३:५७
२९ असार, चितवन । शुक्रबार बिहान त्रिशुली नदीमा खसेको बस र त्यसमा सवार यात्रुहरूको खोजी कार्य शनिबार पनि जारी छ । बिहान ८ बजेपछि खोजीकार्य सुरू भएपछि अहिलेसम्म केही भेटिएको छ । पानीको १५-२० मिटर गहिराइमा गएर खोज्दा पनि बस पत्ता लगाउन नसकिएको त्यहाँ उपस्थित सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
हराएका बस र यात्रुको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोर परिचालन गरिएको छ । सशस्त्रले गोताखोरसँगै वाटर ड्रोन, सोनार क्यामेरा र पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ । शुक्रबारभन्दा शनिबार त्रिशूलीमा पानीको वहाब कम भएको छ ।
घाम लागेर नदीमा पानीको सतह केही घटे पनि यात्रु बस अझै भेटिएका छैनन् । सशस्त्र प्रहरी बलको चितवनस्थित कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका उद्धारकहरूले पानीभित्र क्यामरा पठाएर खोजी सुरू गरेका छन् । यसले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका अधिकारीहरूले बताएका छन् ।
२० मिटर लम्बाइको केबलको एउटा छेउमा क्यामेरा हुन्छ । माथि बसेर स्क्रिनमा पानीभित्रको भिडियो हेर्न मिल्छ । कुरिनटारका गोताखोरहरू आज पानीभित्र गएर खोजतलास गरे पनि केही भेटिएको छैन् । दुईवटा यात्रुबस र त्यसमा यात्रारत करिब ५० यात्रु पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार