ओली सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री पठाइने
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार १६:१०:४०
२९ असार, काठमाडौं । नेपाली कांग्रेसले नयाँ बन्न लागेको सरकारमा सहभागि हुने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पठाउने कांग्रेसले जनाएको छ । बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरु सन्तुलिन बनाउने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय बैठकले गरेको बताए । बैठकले मापदण्ड दिएपछि कांग्रेसमा मन्त्री छनोट कार्य औपचारिक रुपमा अघि बढेको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति भए अनुसार, नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान १७ संशोधनसहितको धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने निर्णय बैठकले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
त्रिविको सम्पति छानबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार