आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार ६:१८:२५

३० असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका ९ हजार २ सय ५० चरा
माघ ३०, २०८१ बुधबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
साँखुमा स्कुलबस दुर्घटना: ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार