बेपत्ता यात्रु र बसको खोजीमा आजबाट ठुलो चुम्बकको प्रयोग, गृहसचिव र आईजीसहितको टोली चितवन जाँदै
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार ८:३९:११
३० असार, काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बससहितको यात्रुको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार र शनिबार सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । खोजी कार्यको लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुई बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठुलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो ।
शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । जसमध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् ।
यसैबीच आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज गृह सचिव र प्रहरीका आईजीहरु चितवन आउँदै गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
पुष १३, २०८१ शनिबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार