कोपा अमेरिका फाइनल : उपाधिका लागि भोलि अर्जेन्टिना र कोलम्बिया भिड्दै
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार ११:३४:२
३० असार, काठमाडौं । कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुँदै छ । यो खेल नेपाली समय अनुसार बिहान ५:४५ बजेदेखि हुँदै छ ।
अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने कोलम्बियाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अहिलेसम्म १५ पटक कोपाको उपाधि जितेको अर्जेन्टिना योसहित ३० औ पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ । अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ । त्यस्तै अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन पनि हो । अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक २०२१ मा कोपा अमेरिका जितेको थियो भने अहिले लगातार दोस्रो पटक फाइनल खेल्दै छ ।
त्यस्तै कोलम्बिया भने २००१ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ । कोलम्वियाले २००१ मा मात्र एक पटक कोपाको उपाधि जितेको छ । त्यसअघि १९७५ मा फाइनलमा पुगेर पराजित भएको थियो । कोलम्बिया यो सहित तेस्रो पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ ।
अहिलेसम्म अर्जेन्टिना र कोलम्वियाबीच कुल ४२ खेल भएका छन् । जसमा अर्जेन्टिनाले २५ खेल जितेको छ भने कोलम्बियाले ९ खेल जितेको छ । त्यस्तै ८ खेल बराबरी भएका छन् । यी दुवै बीच पछिल्लो खेल २०२२ को फिफा विश्वकपमा भएको थियो, जसमा अर्जेन्टिना १(० ले विजयी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
कात्तिक २५, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार