कांग्रेस र एमालेले १७ मन्त्रालय राखेर बाँकी सानालाई दिने गरी भागवण्डा मिलाइँदै, जनमतले संघ नपाउने सम्भावना
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार १२:८:३५
३० असार, काठमाडौं । प्रधानमन्त्रीसँगै शपथ खुवाउने गरी आफ्नो भागमा परेका मन्त्री छान्ने गृहकार्यमा कांग्रेस र एमाले जुटेका छन् । चौथो पटक प्रधानमन्त्री बन्दै गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यतालिका छ ।
ओलीले शुक्रबार राति सवा ९ बजे राष्ट्रपति समक्ष संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । सोमबार शपथसँगै ओली नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा जुटेका छन् । ओली प्रधानमन्त्रीमा नियुक्त हुने समयसम्ममा मन्त्रालयको भागबण्डा सकिने बताइएको छ । अहिले कांग्रेस र एमालेका नेता मन्त्रालय टुंग्याउने गृहकार्यमा छन् ।
मन्त्री छनोट गर्न एमालेमा जति सजिलो छ कांग्रेसमा त्यो सहजता देखिएको छैन । यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवाले यो पटक विवाद नआउने गरी नाम टुंग्याउने कोसिस गरिरहेका छन् । उनले इतर समूहका नेता डा. शेखर कोइरालासँग निरन्तर परामर्श गरिरहेको नेताहरु बताउँछन् । कांग्रेसका एक नेताले नेपालबहसलाई बताए अनुसार अहिले दुई दलबीच मन्त्रालय टुंग्याउने गृहकार्य भइरहेको छ ।
साना पार्टी पनि ओली नेतृत्वको सरकारमा सहभागी हुन इच्छुक देखिएकाले उनीहरुलाई कुन कुन मन्त्रालय छाड्ने भन्ने पनि भइरहेको छ । सम्भवतः सरकारमा सहभागी हुने साना दललाई पनि सोमबार नै एकैपटक मन्त्रीको शपथ गराइने तयारी छ । उनका अनुसार जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी सरकारमा सहभागी हुनेछन् ।
उनीहरुलाई एकएक मन्त्रालय दिने वा चार मन्त्रालय र एक राज्यमन्त्री दिने गरी छलफल भइरहेको छ । उनीहरुलाई सोमबार नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच समझदारी बनेको छ । कांग्रेसका ति नेताले मन्त्रालय भागबन्डामा करिव–करिब सहमति नजिक पुगिएको बताएका छन् । कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको हो ।
बाँकी मन्त्रालय अरु दललाई दिइनेछ । तर, यो अनुसार १ मन्त्रालय मिलेको छैन । यसमा राम्रो मन्त्रालयको राज्यमन्त्रीमा सहमति गराउने वा मधेश सरकारको नेतृत्वमा जनमत रहेकाले उसलाई संघीय मन्त्रालय नदिने र उतै व्यवस्थापन गर्ने कुरा पनि भइरहेको छ । जनमतलाई मधेशमा मिलाउन सके अरु चार दलले एकएक मन्त्रालय लिनेछन् । अन्यथा जनमतलाई एमालेको भागको एक मन्त्रालय दिने कोसिस जारी छ । यसरी मन्त्रालयको भागबण्डा आज सकिने उनले बताए । जनमत पार्टीलाई मधेशमा नै मिलाउने मुल प्रयास छ ।
मन्त्रीहरूमा को-को पर्छन् भन्ने कांग्रेस र एमालेले टुङ्ग्याइसकेका छैनन् । अहिले यस विषयमा कांग्रेस र एमालेका शीर्ष नेताहरु लागिरहेका छन् । कांग्रेस र एमालेका भागमा परेका मन्त्रालयको अवस्था हेरी सोही अनुसारका व्यक्तिहरू छान्ने प्रयास भइरहेको छ । मन्त्री बन्न नेताहरूको लबिङ पनि जारी छ । आज साँझसम्ममा मन्त्रीहरूको पनि लिस्ट सार्वजनिक हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार