विपद्को बेला छ, सरकार छैन भनेर आफ्नो कर्तव्य र जिम्मेवारी नभुल्नुः प्रचण्ड
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार १४:१०:१८
३० असार, काठमाडौं । कामचलाउ हैसियतका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छैन भनेर विपद्का बेला आफ्नो कर्तव्य नभुल्न तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रचण्डले निजी निवास खुमलटारमा बोलाएर सुरक्षा निकायका प्रमुखसँग बस दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिँदै जिम्मेवारी र कर्तव्य नभुल्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन सुरक्षा निकायका प्रमुखहरूसँग आग्रह गरे । उनले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएका हुन् । सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिँदै हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिए । उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए।
देशको राजनैतिक परिस्थिति जे–जस्तो भएता पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरे । उनले विश्वास मत नपाएपछि शुक्रबार पदमुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेल दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
बैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार