फ्रान्समा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार १६:४५:४४
३० असार, फ्रान्स । फ्रान्सको एक गाउँमा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय एक युवक आफ्नो परिवारसँग आफ्नो जन्मदिन मनाइरहेका बेला ती व्यक्ति नजिकैको घरमा पुगेका थिए ।
आक्रमणकारीले पार्टीमा आएका पाहुनामाथि गोली चलाउँदा तीमध्ये तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । आफ्नो जन्मदिन मनाइरहेका युवक र उनका पिता दुवैको हत्या भएको थियो ।
प्रहरीले अझै पनि आक्रमण ‘किन’ भएको भन्नेबारे अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् । उक्त व्यक्तिले घातक आक्रमण गर्नुअघि सवारी चालकहरूलाई गोली हानेको देखिन्छ ।
स्थानीय अभियोजक जेरोम पिकेसले एएफपीलाई बताए अनुसार ती व्यक्ति स्थानीय समयअनुसार राति ९ः३० बजेतिर दुवै घरलाई जोड्ने बाटो हुँदै छिमेकीको घरमा पुगेका थिए ।
गोली काण्डमा घाइते भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ र उनीहरू खतरामुक्त भएको अधिकारीले बताए । गोली चलेको स्थलमा रहेका अन्य १५ प्रत्यक्षदर्शीलाई मनोवैज्ञानिकहरूले निगरानीमा राखेका छन् ।
एस्पिनासे–भोजेलका नगरप्रमुख मिचेल मारिएनले एएफपीसँग भने, “यो एउटा झट्का हो । हामीलाई थाहा छैन कि यो के कारणले भयो, कसरी एक व्यक्तिले नियन्त्रण गुमाउँछ र यति विग्न उग्र हुन्छ ।” प्रहरीका अनुसार ५० वर्ष काटेका ती आक्रमणकारीलाई यसअघि कुनै पनि अभियोग नलागेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार