कांग्रेसले र एमालेले लिने १७ मन्त्रालयको टुंगो लाग्यो
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार १७:१७:१४
३० असार, काठमाडौं । आइतबार विहानदेखि छलफलमा जुटेका नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुले मन्त्रालयको भागबन्डा टुंग्याएका छन् । सहमति अनुसार ४ मन्त्रालय अन्य दललाई छुट्टाएको छ । कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिनेछ ।
कांग्रेसले लिने मन्त्रालयहरूमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय रहेका छन् । एमालेले प्रधानमन्त्रीसहित अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्रालयको नेतृत्व गर्नेछ ।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज आइतबार राष्ट्रपतिले नियुक्त गर्दैछन् । उनको सोमबार बिहान ११ बजे शपथ ग्रहण हुनेछ । ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रीहरूको नाम आज रातीसम्ममा तय हुने बताइएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, अशोक राई नेतृत्वको जसपा, लोसपा, नाउपा र जनमत पार्टी पनि सरकारमा जाने तयारीमा छन् । जनमतलाई मधेशमा मिलाएर अरु पार्टीलाई एकएक मन्त्रालय दिने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार