त्रिवेणीको गण्डक ब्यारेजमा दुई शव फेला, बेपत्ता बसको यात्रु हुनसक्ने आशंका
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार २१:१८:८
३० असार, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीस्थित गण्डक ब्यारेजमा दुई वटा शव फेला परेको छ । नारायणी नदीलाई बाँध बाधेर सिँचाइका लागि पानी लगेको ठाउँमा आज साँझ दुई वटा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई पुरुषको शव फेला परेको हो ।
शव भेटिएको स्थानमा त्रिवेणी चौकीबाट प्रहरी नायब निरीक्षक महेश रायमाझीको नेतृत्वमा पाँच जना तथा इलाका प्रहरी कार्यालय दुम्कीवासबाट प्रहरी निरीक्षक पदम थापाको नेतृत्वमा छ जनाको प्रहरी टोली परिचालन गरिएको पौडेलले बताए ।
दुवै शव शुक्रबार बिहान चितवनको भरतपुर–२९ सिमलतालबाट पहिराले बगाएको बसको यात्रु हुनसक्ने आशङ्का गरिएको छ । शवको पहिचान खुल्न सकेको छैन । शवबारे अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
गुलरियामा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गरिँदै
पुष १६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार