प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार २२:३२:१९
३० असार, स्वर्गद्वारी (प्युठान) । प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध विच्छेदका परेका छन् । जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दायर भएका सात सय चार मुद्दामध्ये तीन सय ४२ मुद्दा सम्बन्ध विच्छेदका रहेका श्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिए ।
एक सय ८० अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र चालु आवमा पाँच सय २४ मुद्दा दर्ता भएका थिए । श्रेष्तेदार गौतमकानुसार आव २०७९÷८० मा फस्छ्र्यौट हुन बाँकीबाट ५१ र चालु आवमा दुई सय ९१ गरी तीन सय ४२ सम्बन्ध विच्छेदका मुद्दा परेकोमा दुई सय ६५ फस्छ्र्यौट भएका छन् ।
सम्बन्ध विच्छेदका मुद्दामध्ये सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाबाट परेका अदालतले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो । वार्षिक प्रगति समीक्षा प्रतिवेदनअनुसार आव २०७९र८० मा फस्छ्र्यौट हुन बाँकी एक सय ८० मुद्दा जिम्मेवारी सरी आएकोमा एक सय ६० चालु आवका पाँच सय २४ वटा मुद्दामध्ये तीन सय ४० फछ्र्यौट भएका छन् ।
न्यायाधीश पुनाराम खनालले ६५ प्रतिशतको लक्ष्य राखेकामा ७१ प्रतिशत मुद्दा फस्छ्र्यौट गर्न सफल भइएको र फस्छ्र्यौट हुन बाँकी मुद्दा १८ महिनाभन्दा बढी समयका रहेका बताए । उनले स्थानीय सरकार आएपछि भएका सिफारिसमा कानुनी व्यवधान सिर्जना भएकाले यसलाई सच्याउन ध्यान दिनुपर्नेमा जोड दिए ।
“प्रमाणीकरण, सिफारिस तथा अभिलेखका प्रमाणमा वडा कार्यालय, स्थानीय न्यायिक समितिका पत्र तथा अन्य कागजातले केही प्रकृतिका पीडितलाई न्याय दिलाउन सहयोग पुग्छ तर आफ्नो क्षेत्राधिकारका आधारमा भाषा, कागजात अदालतमा कमै मात्र आएको हुँदा जटिलता देखिएको छ”, न्यायाधीश खनालले भने ।
उनले समुदायस्तरमा कानुनी सचेतना आवश्यक रहेको र त्यसमा सबै सरोकार भएका निकायले भूमिका खेल्नुपर्ने बताए । कार्यालयले यसवर्ष कार्यसम्पादनका आधारमा उत्कृष्ट दुईजना कर्मचारीलाई पुरस्कृत गरेको छ । नायब सुब्बा श्यामलाल चौधरी र कम्प्युटर अपरेटर यशोदा बोहोरालाई जनही रु पाँच हजारसहित सम्मान गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
आज गीता जयन्ती मनाइँदै
मंसिर २६, २०८१ बुधबार
ढोरपाटनमा पहिलो याममा १० नाउर र ५ झारलको सिकार
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार