सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार ९:५८:३०
३१ असार, चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो ।
सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ ।
आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।
ती बसमा सवार यात्रुको पहिचान शव भेटिने क्रम जारी रहेको प्रहरी प्रमुख रिमालले बताए । घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग
असोज १, २०८१ मंगलबार
मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण
असोज १, २०८१ मंगलबार
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
असोज १, २०८१ मंगलबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
कोपुण्डोलमा सडक भासियो, पानी निस्किएर छताछुल्ल
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
असोज १, २०८१ मंगलबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री
असोज १, २०८१ मंगलबार
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
असोज १, २०८१ मंगलबार
हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो: प्रधानमन्त्री
असोज १, २०८१ मंगलबार
ऐतिहासिक तथा धार्मिक महत्वको लुरी गुम्बा
असोज १, २०८१ मंगलबार
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
असोज १, २०८१ मंगलबार