साउन महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा अधिकतम ७.५३ प्रतिशत दिने
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १०:४६:४२
३१ असार, काठमाडौं । वाणिज्य बैंकहरुले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले साउन महिनाका लागि व्याजदर घटाएका छन् । ५ वटा बैंकहरुले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने २ बैंकहरुले असारको तुलनामा ब्याजदर केही बढाएका छन् ।
साउनको लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत दिने भएका छन् । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा झरेको छ ।
लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैठकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुन्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।
यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् । ब्याजदर निर्धारण गर्ने आधारका रूपमा बैंकले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्न सक्ने व्यवस्था छ ।
साउनमा एनएमबी र एनआइसी एशिया बैंकले अहिले व्यक्तिगत मुद्दतिमा सबैभन्दा धेरै ब्याज दिएका छन् । एभरेष्ट र कृषि विकास बैंकले ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ ।
१३ बैंकहरुले साउन महिनाका लागि व्याजदर घटाएका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले ०.२ प्रतिशत व्याजदर घटाएको छ भने ग्लोबल आईएमई बैंक, प्राइम कर्मसियल बैक, सिद्धार्थ बैक., स्टान्डर्ड चार्टड बैंकले ०.२५ प्रतिशत व्याजदर घटाएका छन् । नेपाल बैंक, हिमालयन बैंक, माछापुच्छे बैंक, प्रभु बैंकले ०.५ प्रतिशत व्याजदर घटाउँदा कुमारी बैंकले ०.०५ प्रतिशत व्याजदर घटाएको छ ।
सानिमा बैंकले ०.७ प्रतिशत ब्याजदर घटाएको छ भने सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशत र एनआइसी एसियाले ०.१६ प्रतिशत ब्याजदर घटाएका छन् । लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ ।
लक्ष्मी सनराइज बैंकले ६.५ प्रतिशत व्याजदर दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र नबिल बैंक ले ७ प्रतिशत व्याजदर दिदै आएको छ । यस्तै नेपाल एसबिआई बैंकले ६.३ प्रतिशत व्याजदर दिदै आएको छ । यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीच अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गए अधिकतम वा न्यूनतममध्ये सोही एक दर कायम गरी अन्य दर समायोजन गर्नुपर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार