हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषित
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १०:५७:४८
३१ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषित भएको छ । हेटौंडा उमहानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका १६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
सबै बालबालिकालाई सम्पूर्ण खोप दिएका उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति मकवानपुरका सचिव कृष्ण मिजारले मेयर मीनाकुमारी लामालाई उपलब्ध गराएका थिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले प्रमाणपत्र लिंदै उपमहानगरपालिकाका सबै १९ वडाहरूले यो लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। प्रमुख लामाले भनिन्, “खोप स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो। यो उपलब्धिले हाम्रो समुदायको स्वास्थ्य आधार बलियो बनाएको छ।” उनले थप भनिन् “यो सफलता बालमैत्री वडा घोषणाको लक्ष्य तर्फको एक महत्त्वपूर्ण कदम हो।”
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर घिमिरेले नेपाल सरकारको प्रतिबद्धता जनाउँदै भने, “हामी हरेक वर्ष घरधुरी सर्वेक्षण गरी बालबालिकाहरूलाई खोप सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं।” उनले आगामी वर्षको नीति तथा कार्यक्रममा विपन्न जेष्ठ नागरिकहरूका लागि निःशुल्क निमोनिया खोप सेवा समावेश गरिने जानकारी पनि दिए।
पूर्ण खोप अन्तर्गत १६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाहरूले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोपहरू समय तालिकाभित्र प्राप्त गर्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्र वर्षपछि पानी पलाएपछि स्थानीयवासी हर्षित
माघ १७, २०८१ बिहिबार
बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार