प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार ११:२३:४२
३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानमा भएको प्रावधान विपरीत प्रधानमन्त्रीमा नियुक्त गरिएको भन्दै यसलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ गर्न नमिल्ने भन्दै यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पोडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सोमबार अहिले उनको शपथ कार्यक्रम राखिएको छ । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार