पहिरोमा बेपता परिवारलाई गरुडा, परोहा नगरपालिकाद्धारा सहयोग
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार ११:३१:३२
३१ असार, रौतहट । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा परिरो गएर बेपता भएका परिवार लाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
दुर्घटनामा पौडेर बाच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर कन्थमणि जैसवालले परिवारलाई धैर्य धारणको कामना गर्दै तत्कालको लागि २५ हजार नगद तथा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
मेयर जैसवालले समस्यामा परेका परिवारको स्वास्थ्य उपचार लगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यादव बसको केविनबाट हामफालेर आफ्नो ज्यान जोगाएपनि उनको परिवारको चारजना सदस्य बेपत्ता भएका छन्।
त्यस्तै परोहा नगरपालिकाका मेयर शेख वकीलले नगरक्षेत्र अन्तर्गतका पहिरोमा बेपत्ता तीन परिवारलाई नगदसहित खाद्यान्न सामाग्री सहयोग गरेका छन ।
पहिरोमा बेपत्ता भएका वड़ा ४ लौकहा पोखरियाका ओमराज कुमार साह, वड़ा ६ बसंतपट्टीका ऋषि कुमार सिंह र वडा ९ रामपुर खापका सिकिन्दर दासको परिवारलाइ तत्काल जनहि ११ हजार नगद, ५० हजारको चेक तथा खाद्यान्न सामाग्री सहयोग गरिएको परोहाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफूज अहमदले जानकारी दिएका छन । पहिरोमा रौतहटको गरुडा, कटहरिया, बौधिमाई, र परोहा नगरपालिकाका दर्जन बढी मानिस बेपत्ता भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार