नेजाद्वारा बाल्टिमोरमा अन्तरक्रिया: नेपाली डायस्पोराका निम्ति सामुदायिक पत्रकारिताको महत्त्व अधिक
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १२:४५:३६
३१ असार, वाल्टिमोर । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले मेरिल्यान्ड राज्यको वाल्टिमोरमा सामुदायिक अन्तरक्रिया कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । जुलाई १३, २०२४ शनिबार सम्पन्न अन्तरक्रियाका सहभागीहरूले नेपाली डायस्पोराका निम्ति सामुदायिक पत्रकारिताको महत्त्व अधिक रहेकोमा जोड दिएका छन् ।
सहभागी वक्ताहरूले आग्रह वा पूर्वाग्रह नराखी नेपाली समुदायको हितका निम्ति गरिने पत्रकारितालाई समुदायले सधैं महत्त्व दिँदै आएको उल्लेख गरे । सामाजिक सञ्जाल र सञ्चारमाध्यम बीचको फरक अनि पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बीचको फरक छुट्टयाउन नसक्दा कतिपय अवस्थामा त्यसले असमझदारी पैदा गराउने गरेको पनि सहभागीहरूले औंल्याएका थिए ।
सामाजिक सञ्जाल सूचना वा सामग्री सम्प्रेषण गर्ने माध्यम भएको र यसको बढ्दो प्रयोगले सूचना सम्प्रेषणमा सहयोग पुगिरहेको भए पनि समाचार स्वरूप र विश्वसनियतामा आधारित हुने भएकाले सामाजिक सञ्जालमा दिइने सामग्री र समाचार सामग्री फरक हुन् भन्ने तथ्यलाई बिर्सन नहुनेमा सहभागीहरूको जोड रहेको थियो।
नेपाली डायस्पोराभित्रको एउटा बलियो पक्षको रुपमा सामुदायिक पत्रकारिता रहेको र यसमा संलग्न रहेका पत्रकारहरूले समुदायको वृत्ति विकासका लागि अझ बढी योगदान गर्न कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरूको आग्रह थियो । समुदायको खबर प्रवाह गर्ने सञ्चारमाध्यमको विकास र विस्तारका लागि नेपाली समुदाय नै अग्रसर हुनुपर्नेमा सहभागी पत्रकारहरूको भनाइ थियो ।
नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महत, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स डा. ह्यारी भण्डारी, गैर आवासीय नेपाली संघ, अमेरिकाका पूर्व अध्यक्ष शिव राई, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिकाज इन्चार्ज प्रभु थापा, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, गैरआवासीय नेपाली संघ, चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपाने, बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिकाका अध्यक्ष सुबोध विलास पन्त, उपाध्यक्ष लक्ष्मी भारती, एनआरएनए अमेरिका, न्यू ह्याम्पसायर च्याप्टर अध्यक्ष कमल ढुंगाना, समाजसेवी दीपक खतिवडा, बद्री खतिवडा, सन्तोष न्यौपाने लगायतले धारणा राख्दै नेपाली डायस्पोरालाई बलियो बनाउन पत्रकारिताले ठूलो योगदान दिइरहेको बताए ।
वरिष्ठ पत्रकार जीवेन्द्र सिम्खडा विषय वक्ताको रूपमा रहेको उक्त अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष गौतम दाहाल, अग्रज पत्रकारहरू डा. प्रदीप भट्टराई, विष्णु शर्मा, नेजा आजीवन सदस्य लेखनाथ भण्डारी, नेजाका अनुशासन समिति संयोजक सतीश चापागाईंले पत्रकारहरूका तर्फबाट धारणा राखेका थिए । नेजाका सदस्य सागर घिमिरेको स्वागत रहेको अन्तरक्रियाको सञ्चालन र संयोजन नेजा डिसी मेट्रो क्षेत्रीय संयोजक सिर्जना काफ्लेले गरेकी थिइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार