नेपाली कांग्रेसबाट १० जना बने मन्त्री, यस्ता छन मन्त्रालय
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १२:४५:८
३१ असार, काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा १० जना मन्त्री बनेका छन् । कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूको नेतृत्व गर्दै प्रकाशमान सिंह उपप्रधान तथा शहरी विकास मन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । जसमा कांग्रेसले उपप्रधानसहित १० मन्त्रालय पाएको हो । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए । सबै मन्त्रीहरूले आजैबाट कार्यभार सम्हाल्ने छन् ।
कांग्रेसका रमेश लेखकले गृह मन्त्रालय पाएका छन् । सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् । प्रदीप पौडेल स्वास्थ्य मन्त्री भएका छन् भने अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।
यस्तै बद्रीप्रसाद पाण्डेले पर्यटन मन्त्रालय, रामनाथ अधिकारीले कृषि मन्त्रालय, दीपक खड्काले जलस्रोत तथा ऊर्जा मन्त्रालय र ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि चर्चामा रहेका सहमहामन्त्रीहरू किशोरसिंह राठाैर र जीवन परियारले भने मौका पाएनन् । महिलाबाट पनि आरजुले मात्र मौका पाइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार