ओलीले पनि देखाए कम्युनिष्ट नौटंकीः शपथमा न ईश्वरको नाम लिए्, न मन्त्रिपरिषदमा दलित परे
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १३:१४:१८
३१ असार, काठमाडौं । सोमबार राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि धर्मका नाममा नौटंकी देखाएका छन् । नेपालको पशुपतिनाथदेखि विभिन्न मन्दिर पुगेर दर्शन गरेको भिडियो बनाउने उनले प्रधानमन्त्रीको शपथ लिँदा ईश्वरको नाम उच्चारण नगरी एकैचोटी देश र जनताको नाम मात्र उच्चारण गरे । जबकी राष्ट्रपतिले ईश्वरको, देश र जनताको नाम लिएका थिए ।
कम्युनिष्ट नेताहरूमा मठमन्दिर जाने, पूजा गर्ने तर, बाहिर जनतालाई ईश्वर मान्दिन भन्दै ढाट्ने प्रचलन नै छ । यस्तो नौटंकी देखाउने नेतामध्ये ओली पनि एक हुन् । उनले तत्कालीन राष्ट्रपति विद्या भण्डारीले शपथ लिएको समयमा पनि ईश्वरको नाम आएका ठाउँमा 'त्यो पर्दैन' भनेका थिए । त्यसपछि केही समय विवाद पनि भएको थियो । त्यो बेला नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री थिए, ओली ।
उनले ईश्वरको नाम नलिएको भन्दै अहिले पनि उनको व्यापक आलोचना सुरु भएको छ । एमाले नेताहरूका अनुसार देशमा धर्म निरपेक्षता रहेकाले सबैलाई सम्मान गर्न ईश्वरको नाम नलिइएको हो । ईश्वरको नाम नलिएको मात्र हैन, दलित समुदायबाट पनि ओलीको आलोचना सुरु भएको छ ।
उनको २२ सदस्यीय मन्त्रिपरिषदमा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषदमा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थिति नभएपछि विरोध सुरु भएको हो ।
एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ । राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरे । जसमा दलित परेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार