बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व संकलन
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १३:१५:५३
३१ असार, बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व संकलन बढ्दो क्रममा छ ।
आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व संकलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार संकलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जीप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्र्याक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् ।
एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिए । एक बस, आठ जीप तथा कार, ट्र्याक्टर, टेम्पो एक÷एक, मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । एक वर्षमा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । गत वर्ष २४ सवारीसाधन दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।
ट्राफिक प्रमुख निउरेले दूर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाईका साथ पालना गराउँदा यसवर्ष दुर्घटना कम भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारः आयात फर्कियो, व्यापार अझै उस्तै
कात्तिक १, २०८१ बिहिबार
वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो
कात्तिक १, २०८१ बिहिबार
आयातित वस्तुमा बढी कर लगाउँदा वीरगञ्ज बजारभन्दा रक्साैलमा बढी चहलपहल, बढ्यो तस्करी
असोज २१, २०८१ सोमबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
घोडेपानीमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट
कात्तिक २, २०८१ शुक्रबार