डकैतीमा संलग्न फरार अभियुक्तलाई गोली हानी पक्राउ
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १३:४९:२७
३१ असार, जलेश्वर । प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बिजेन्द्र पासवान छन् ।
२२ वर्षसम्म विभिन्न सात ठूला डकैतीमा संलग्न पासवान फरार थिए । उनलाई गएराति करिब ११ बजे महोत्तरी र सर्लाहीको सीमानाका पर्ने महोत्तरीको सोनमा गाउँपालिका–५ शीतलपुरबाट पक्राउ गरिएको हो ।
प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका पासवान सो क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीसँग जम्काभेट भएको थियो । उक्त जम्काभेटमा बिजेन्द्र उम्कन खोजेपछि नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली घुँडामुनी हानेर नियन्त्रणमा लिएको हो ।
गोली प्रहारबाट घाइते बिजेन्द्रको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । उनले पटक–पटक गरी महोत्तरीमा–२, बारामा–२, सिरहामा–१, सर्लाहीमा–१ र सिन्धुलीमा–१ गरी सातवटा लुटपाट तथा डकैतीमा संलग्न रहनुका साथै विभिन्न व्यक्तिलाई हात हतियारबाट घाइते बनाएको निजको आपराधिक अभिलेखमा रहेका प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित दुई जना पक्राउ
कात्तिक १, २०८१ बिहिबार
कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ
असोज ३०, २०८१ बुधबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार