मन्त्रीले कांग्रेसमा असन्तुष्टिः देउवाको दैलो नटेक्ने राठाैरको कसम, दलित समुदाय र भण्डारीले दुखाए चित्त
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १४:१५:४
३१ असार, काठमाडौं । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाएको छ । तर, मन्त्रीहरूले कार्यभार नसम्हाल्दै मन्त्री छान्दा चर्चामा आएका केही नाम परेनन् । पाउनै पर्ने केहीले पाएनन् । मन्त्रालय पनि राम्रा जति सभापति शेरबहादुर देउवा पक्षकाले मात्र पाए भन्ने आवाज कांग्रेसमा सुनिन थालेको छ । मन्त्री नबनाएका कारण केही नेता सभापति देउवा र शेखर कोइरालासँग निकै असन्तुष्ट देखिन्छन् ।
असार १७ गते ओली नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेस र एमालेमा सहमति भएपछि त्यो सरकारमा मन्त्री बन्न चाहनेहरूले दौडधूप बढाएका थिए । कांग्रेसबाट सहमहामन्त्री किशोर सिंह राठाैर, रमेश लेखक र आरजु राणा देउवाको सुरुमा चर्चा थियो । चर्चा चल्दै गर्दा प्रकाशमान सिंह अगाडि आए र उनैले कांग्रेसका मन्त्रीहरूको नेतृत्व पनि गरे । कोइराला समूहबाट सहमहामन्त्री जीवन परियार र डा. चन्द्र भण्डारीको नाम आएको थियो । तर, उनीहरू दुवै परेनन् ।
सभापति देउवाले अगाडि नै बचन दिएको र पार्टीमा उनकै पक्षमा धेरै लडेका सहमहामन्त्री किशोर सिंह राठाैरलाई यो पटक मन्त्री बनाउने पक्का जस्तै थियो । तर, अन्तिममा आएर देउवा र राठाैरको कुरा मिलेन । देउवाले राठाैरलाई मन्त्री बनाउन नसकिने संकेत गरे । उनी निकट नेताहरूका अनुसार बूढानीलकण्ठमा राठाैर र देउवाको यस विषयमा भनाभन नै भयो । देउवाले नदिने मनस्थिति नै बनाएपछि राठाैर निकै आक्रोशित पनि भए ।
उनले देउवालाई आफूले जीवनभर गारोसारो परेका समयमा सहयोग गरेको तर, त्यो गुन देउवाले बिर्सिएको बताए । शुक्रबार अन्तिम समयमा पनि पार नलाग्ने भएपछि राठाैरले देउवाकै अगाडि ‘तिम्रो दैलो जिन्दगीभर टेक्दिन’ भन्दै कसम खाएर बुढानीलकण्ठबाट बाहिरिएका थिए । यसपछि उनी नेपालगञ्ज गएको नेताहरूको भनाइ छ । नेताहरूका अनुसार उनी आइतबार रातीसम्म फोन गरेर बोलाउँदा पनि बुढानीलकण्ठ फर्किएनन् ।
अहिले देउवा समूहकै नेताहरु राठाैरलाई मन्त्री नदिएर देउवाले गल्ती गरेको भन्न थालेका छन् । यस्तै चर्चामा थिए सहमहामन्त्री जीवन परियार र चन्द्र भण्डारी पनि । चन्द्र भण्डारीलाई अहिले मन्त्री बनाउनै पर्ने भन्दै एक समूह लागेकाे पनि थियो । तर, उनले अन्तिममा आएर मौका पाएनन् । मन्त्री नपाएपछि उनले ‘कतिपय घटनाहरू आनन्ददायी र शिक्षामुलक हुन्छ, दुःखी र धेरै खुशी हुनुपर्दैन, समयको प्रतीक्षा’ भन्दै स्टाटस लेखेका छन् । आफूलाई मुल्यांकन नगरेको प्रति उनको चित्त दुखाई देखिन्छ ।
अर्को चर्चामा जीवन परियारले पनि मौका पाएनन् । उनलाई मन्त्री नबनाइँदा मन्त्रिपरिषद नै दलितबिनाको भएको छ । परियारले कुनै प्रतिक्रिया नजनाए पनि समग्र दलित समुदायले कांग्रेसमाथि प्रश्न उठाएको छ । सहभागितामुलक समाज र नेतृत्वको परिकल्पना गरेको कांग्रेसले कोटामा दलित समुदाय नराख्नु आफैंमा पनि प्रश्न हो । आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट ओली नेतृत्वको सरकारमा १० जना मन्त्री बनेका छन् ।
एमालेसँग मिलेर सरकार बनाउने काम सुरु भएदेखि नै उपसभापति पूर्णबहादुर खड्का पनि देउवासँग असन्तुष्ट बनेका थिए । एमालेसँगको सहमति प्रक्रियामा नै आफूलाई सहभागी नगराइएको भन्नेमा उनको दुखेसो थियो । पछि मन्त्री बनाउने कुरा पनि उनी सभापति देउवासँग भएनन् । उनले आफूलाई छाडेर इतर समूहका शेखर कोइरालालाई च्यापेको भन्ने आरोप पनि लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार