त्रिशुली बस दुर्घटनाबारे अध्ययन गर्न १० दिनको समय दिएर गृहमन्त्रीले बनाए कार्यदल
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १६:४६:१३
३१ असार, काठमाडौं । सोमबार नियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशुलीमा हराइरहेका दुइटा बसको अध्ययन गर्न कार्यदल गठन गरेका छन् । गृहमन्त्री लेखकले पदभार ग्रहण गर्दै सिमलताल घटना अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि राखेर समिति गठन गरिने भएको छ । उक्त कार्यदललाई १० दिनको समय दिइएको छ ।
गत शुक्रबार सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको दुइटा गाडीको घटनाबारे अध्ययन गर्न बनेको कार्यदल सिमलतालमा कसरी पहिरो गएको, के कारणले घटना भयो, यस्ता घटना दोहोरिन नदिन के गर्ने, बेपत्ता भएकाहरूलाई राहत के–कसरी उपलब्ध गराउने भन्ने विषय समेटेर प्रतिवेदन तयार पार्नेछ । गृहमन्त्री लेखकले पनि प्राकृतिक प्रकोपबाट उत्पन्न परिस्थितिसँग जुध्नु नै पहिलो निर्णय भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूकम्पको धक्का
पुष १८, २०८१ बिहिबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार