अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १९:०:४
३१ असार, काठमाडौं । प्रतिनिधिसभा सांसद पशुपति शम्शेर जबराले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले आइतबार देशका विभिन्न क्षेत्रमा बाढी र डुबानका कारण क्षति भएकाले सरकारले आवश्यक राहत तथा उद्धारमा ध्यान दिन आग्रह गरे ।
सांसद माधवप्रसाद सापकोटाले आइतबार भएको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न ठाउँका पुलहरू बगाएको र जिल्लाका अधिकांश परिवार विस्थापित भएका बताए । उनले भने, “हिजो राति भएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका दर्जनौं परिवार विस्थापित भएका छन् ।
अहिले पनि वर्षा भइरहेकाले सम्भावित जोखिम र क्षतिका घटनाप्रति गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अवरुद्ध भएका सडकमा तत्काल अस्थायी पुलको व्यवस्था गरी आवजजावत सहज बनाउन र विस्थापित नागरिकको यथोचित बसोबासको व्यवस्थासहित क्षतिपूर्तिको जोडदार माग गर्दछु ।”
सांसद तोसिमा गौतमले सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सम्झौता पारदर्शी हुनुपर्ने र महिला, दलित, मधेशी लगायत सबैको सहभागितासहित सरकार समावेशी बन्नुपर्ने माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार