सिमलताल पहिरोः बेपत्तामध्ये नवलपुरमा ९ वटा शव भेटिए
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार १९:१३:१३
३१ असार, नवलपुर (नवलपरासी) । चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भेटिएका छन् । छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चारवटा शव भेटिएका जानकारी दिए । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिए ।
आज यहाँ चारवटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । आज बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ ।
यस्तै आजै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिए । जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताए ।
माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गरेका थिए । माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ख– २४९५ र परियार वीरगञ्जबाट काडमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ख– १५१६ नम्बरको बसमा सवार यात्रु भएको जनाइएको छ ।
शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिए । अन्सारी वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रु भएको उनले बताए । यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको सोमबार बिहान पहिचान भएको छ ।
गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गरेका थिए । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुन् । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उनका बुवा इस्लम मियाले पहिचान गरेका छन् ।
मिया गणपति डिलक्समा काठमाडौँबाट गौर जाँदै थिए । पहिरोमा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् ।
आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साबिक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ ।
हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।
सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीन जना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग
असोज १, २०८१ मंगलबार
मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण
असोज १, २०८१ मंगलबार
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
असोज १, २०८१ मंगलबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
कोपुण्डोलमा सडक भासियो, पानी निस्किएर छताछुल्ल
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
असोज १, २०८१ मंगलबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री
असोज १, २०८१ मंगलबार
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
असोज १, २०८१ मंगलबार
हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो: प्रधानमन्त्री
असोज १, २०८१ मंगलबार
ऐतिहासिक तथा धार्मिक महत्वको लुरी गुम्बा
असोज १, २०८१ मंगलबार
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
असोज १, २०८१ मंगलबार